१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

नारायणी पुलबाट हामफालेर एक जना पुरुष बेपता भएक छन्।

भरतपुर महानगरपालिका-१ पुलचोकस्थित रहेको नारायणी पुलबाट अन्दाजी ५०/५५ वर्षका पुरुषले आज बिहान १०:४० बजेको समयमा हामफालेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको नाम ठेगाना अझै खुल्न सकेको छैन।

अहिले विपद् व्यवस्थापन सहितको प्रहरी टोलिले  उनलाई खोजिरहेको छ। अहिले नारायणी उर्लेर आएका कारण प्रहरीलाई उद्धार गर्न केही समस्या देखिएको छ

प्रकाशित: २३ असार २०८१ ११:३९ आइतबार

#Narayani Pul