२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल दोहोरिए

नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ। अध्यक्षमा माधव नेपाल दोहोरिएका छन्।

बिहीबार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा चयन गरेको हो।

महाधिवेशन हलले सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गरे। उनले अब २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको जनाए।

उनले सचिवालय बैठक बसेर बाँकी काम टुंगो लगाउने बताए।

प्रकाशित: २० असार २०८१ १८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App