२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

प्री स्कुल मिट सम्पन्न

प्री स्कुल कमिटी नेपाल (पिएससिएन) र मर्निङ ग्लोरी इन्टरनेसनलको आयोजनामा भएको प्री स्कुल स्पोर्टस् मिट सम्पन्न भएको छ।

लगनखेलस्थित आर्मीको खेल मैदानमा तीनदेखि ८ वर्षसम्म उमेरसमूहका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेको प्री स्कुल स्पोर्टस् मिट सम्पन्न भएको हो। स्पोर्टस् मिटमा पाँच सयभन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा जुनियरतर्फ भक्तपुरको ज्ञान संस्कार र विङ्स स्कुलले सफलता पाए। सिनियरमा फेरिल्यान्ड मोन्टेश्वरी उत्कृष्ट भयो। मस्ट कोअपरेटिभ स्कुलको उपाधि अनलज्योति स्कुल र बाह्रखरी स्कुलले पाए।

प्रकाशित: १८ पुस २०८० ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App