९ मंसिर २०८१ आइतबार
image/svg+xml

उज्ज्वल र विलनको जोडी ‘एयर ब्याडमिन्टन’ च्याम्पियन

लगनखेलका उज्ज्वल दाहाल र विलन मलानको जोडी तथा नखिपोटकी नुमा लिम्बू र एपिएफकी नवीना राईको जोडी ‘एयर ब्याडमिन्टन’ द न्यु ब्याडमिन्टनमा च्याम्पियन भएका छन्।

प्री स्कुल मिट सम्पन्न

प्री स्कुल कमिटी नेपाल (पिएससिएन) र मर्निङ ग्लोरी इन्टरनेसनलको आयोजनामा भएको प्री स्कुल स्पोर्टस् मिट सम्पन्न भएको छ।

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ। आज ज्योतिषीहरुले हेरेको शुभ साईतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो।

लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला

काठमाडौंको अनामनगर र सुकेधारामा बम विस्फोट भएर मानवीय क्षति भएका बेला ललितपुरमा समेत शंकास्पद वस्तु फेला परेको छ। ललितपुरको लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

चौथोपल्ट म्याद थपेपछि चौडा बन्दै

चारपल्ट म्याद थपेपछि मात्रै लगनखेलदेखि सातदोबाटो जोड्ने मुख्य सडक विस्तारले तीव्रता पाएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले सडक आसपासका स्थानीयलाई मुआब्जा दिएर सडक चौडा गरिरहेको छ।

सप्तपाताल पोखरी कि विद्यालय भवन

लगनखेलमा ऐतिहासिक सप्तपाताल पोखरी रहने वा नमुना मच्छिन्द्र माविका नाममा भवन बन्ने ? सर्वोच्च अदालतको फैसला निर्णायक हुनेछ। १६ वर्षदेखि विवादको छिनोफानो नहुँदा विद्यालय पक्षधर र पोखरी पक्षधरबीचको कानुनी लडाइँ लम्बिएको छ। १४ रोपनी १० आना २ पैसा क्षेत्रफल जग्गा सप्तपाताल पोखरीको हो भनी सर्वोच्च अदालतको परमादेशमा उल्लेख भए पनि ६७ वर्ष लामो इतिहास बोकेको सार्वजनिक विद्यालय नमुना मच्छिन्द्रको नाममा लालपुर्जा रहेकाले अन्योल कायम छ।

फराकिलो बन्दै लगनखेल–सातदोबाटो सडक

लगनखेल–सातदोबाटो जोड्ने मुख्य सडक विस्तार र व्यवस्थित बन्ने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले धमाधम सडक विस्तारको काम थालको छ ।

फुटपाथ व्यापारले अस्तव्यस्त लगनखेल

ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेलका सडक हिजोआज अस्तव्यस्त बनेका छन् । पेटीमा दिउँसो ३ नबज्दै फुटपाथ व्यापारी भरिभराउ हुन थालेपछि सडक अस्तव्यस्त भएका हुन् ।

नरक बन्दै लगनखेल

ललितपुर उपमहानगरपालिकाले नगरको फोहर नउठाउँदा ललितपुर नगर नै नरकजस्तै बन्दै गएको छ। पाटनको लगनखेल बसपार्कलगायत कैयौं ठाउँमा थुप्रेको फोहर उमपाले नउठाएपछि बनेका फोहरको पर्वतले सहर  दिनानुदिन दुर्गन्धित र प्रदुषित बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्