१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

बोधीसदन टिम च्याम्पियन

दोस्रो रिभेरा तेक्वान्दो प्रतियोगितामा शनिबार बोधीसदन टिम च्याम्पियन बनेको छ।

चाबहिलको मैजुबहालस्थित आयोजकको हातामा सम्पन्न प्रतियोगिताको आयोजित प्रतियोगितामा बोधीसदनले तीन स्वर्ण, एक रजत र ५ कांस्य जित्यो। रिभेरा इन्टरनेसनल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा अरूणिमा तीन स्वर्ण, एक रजत र दुई कांस्यसाथ दोस्रो भयो।

तेस्रो स्थानको गणेशले तीन स्वर्ण, एक रजत र एक कांस्य हात पार्‍यो। पुरुषमा बोधीसदनका रोशन खड्का तथा महिलामा कन्स्टिलेसनकी सारा तामाङ उत्कृष्ट खेलाडी घोषित भए।

विजेतालाई प्रदेश सांसद श्रीराम लामिछाने, रिभेराका अध्यक्ष नरेन्द्र भट्टराई, रिभेराका प्रिन्सिपल प्रज्वल कोइराला, रिभेरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि एकदिने प्रतियोगिताको नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले उद्घाटन गरेका थिए।

प्रतियोगितामा १९ टिमका २ सय १५ खेलाडीले ग्योरोगीमा २० तथा पुम्सेमा ८ गरी जम्मा २८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको रिभेराका तेक्वान्दो प्रशिक्षक अजय तामाङले जनाएका छन्।

प्रकाशित: ८ पुस २०८० ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App