१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एनएसएल : लिग चरणको अन्तिम दिन आज दुई खेल हुँदै

नेपाल सुपर लिग एनएसएल को लिग चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ।

दिउँसो १ बजे बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसीबिच पहिलो खेल हुनेछ।साँझ ५ बजे ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सविच दोस्रो खेल भएपछि लिगचरणको खेल सकिनेछ।

आज खेल्ने चार मध्य बुटवल बाहेक तीन टोलीको प्लेअफमा आफ्नो स्थान बनाउने सम्भावना रहेको छ।विरगंजको ७ खेलमा ८ अंक छ भने  बुटवलले  ७ खेलबाट ७ अंक पाएको छ। वीरगन्जले जित हासिल गरेमा १० अंकमा रहेको झापा एफसीलाई पछि पार्दै प्लेअफमा  स्थान बनाउनेछ।

ललितपुर र काठमाडौं बीचको खेलको विजेताले पनि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्ने छ।ललितपुरले जित हासिल गरेमा दोस्रो स्थानमा रहेको धनगढी भन्दा अगाडि रहँदै शीर्ष दुईमा रहँदै प्लेअफमा आफनो स्थान सुरक्षीत गर्नेछ।

काठमाडौले जित हासिल गरेमा तेस्रो हुँदै दोस्रो चरणमा पुग्नेछ।दुवै खेल बराबरीमा सकिएमा ललितपुर र झापा शीर्ष चारमा पुग्नेछन।पोखरा थन्डर्सले पहिलो स्थान सुरक्षित गर्दै प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ।

प्रकाशित: ७ पुस २०८० ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App