४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

सन्दिप लामिछाने : चितवनदेखि आइपिएलसम्म

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भारतीय क्रिकेट क्लव दिल्ली डेयरडेभिल्समा अनुबन्धित भएपछि देश तथा बिदेशमा उनको चर्चा चुलिएको छ।

१७ बर्षीय नेपाली लेग स्पिनर सन्दीपलाई आइपिएलको अक्सनबाट दिल्लीले अनुबन्धित गरेपछि उनलाई सामाजिक सञ्जालबाट बधाई दिनेको ओइरो लागेको छ। भारतको बेङलोरमा हिजोबाट चलेको अक्सनको दोस्रो दिन आज सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको हो।

गएको हप्ता आईपीएलको अक्सनमा सहभागी हुने ५ सय ७८ खेलाडीको नामावाली सार्वजनिक हुँदा सन्दिप २ सय ७६ नम्बरमा परेका थिए। सन्दिपको मुल्य २० लाख भारतीय रुपैयाँ राखिएको थियो।

योसँगै सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। कलिलै उमेरमा राष्ट्रिय टोलीमा परेका सन्दिप सानै उमेरदेखि चर्चामा आएका थिए। सन्दिपलाई क्लबमा अनुबन्धन गरेसँगै दिल्लीले ट्विीट गर्दै भनेको छ, ‘नेपालबाटै आइपिएल खेल्ने पहिलो खेलाडी बनेका १७ बर्षीय लेग स्पिनर सन्दिपलाई अनुबन्धन गर्न पाउनु टिमका लागि निकै राम्रो हो।‘

क्लव क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) मा पर्न सफल नेपाली उदयमान क्रिकेटर सन्दिप लामिछाने २ वर्षअघि सम्पन्न १९ बर्षमुनिको विश्वकप क्रिकेटमा आयरल्याण्डसँगको खेलमा ह्याट्रिक लिएपछि एकाएक विश्वभरनै चर्चाको केन्द्रबिन्दु बनेका थिए।

सन्दिपले २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका गरेका थिए। राष्ट्रिय टोलीमा भने उनले २०१६ को सेप्टेम्बरमा नामिवियासँगको खेलमा डेब्यू गरेका थिए।

सन्दीपलाई अष्ट्रेलियन पूर्व महान क्रिकेटर सेव वानसँग तुलना पनि गर्ने गरिएको छ। जब सन्दिप पहिलो पटक आइपिएलको ५ सय ७८ को सुचिमा २ सय ७६ औ स्थानमा परे त्यसपछि उनको चर्चा सुरु भएको थियो। सन्दिप आइपिएलमा पर्ने या नपर्ने अन्यौलका बीच सम्पूर्ण क्रिकेटप्रेमी अक्सनको ब्यग्र प्रतिक्षामा थिए।

अक्सनको २ सय ७६ औ स्थानमा परेसँगै अष्ट्रेलियाली अर्का महान खेलाडी माइकल क्लार्कले ट्वीट गर्दै आफू आइपिएलको अक्सनमा अथवा कुनै टोलीमा भए सन्दिपलाई अनुबन्धन गर्ने थिए। क्लार्कले जब त्यस्तो ट्वीट गरे त्यसपछि झन सन्दिपको ब्यापक चर्चा चुलिएको थियो।

अष्ट्रेलियन क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका क्लार्क र सन्दिपले हङकङमा भएको प्रतियोगितामा एउटै टोलीमा खेल्दा माइकल सन्दिपको खेलबाट प्रभावित बनेका थिए। उनले सन्दिपलाई त्यतिबेला आफ्नै देशका महान क्रिकेटर सेन वार्नसँग तुलना गर्नसमेत भ्याएका थिए । क्लार्ककै निमन्त्रणामा अष्ट्रेलिया गएका सन्दिपले त्यहाँ रहदा स्थानीय लिग खेल्ने अवसर पाएका थिए।

१४ वर्षकौ सानु उमेरमै तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायकेले ट्यालेन्ट हण्टबाट उनको खेलमा प्रभावित भएर चितवनबाट सन्दिपलाई काठमाडौं बोलाएका थिए। सन्दिपले जब चितवनबाट काठमाडौं आएर आफ्नो खेल प्रर्दशन गरे त्यसपछि उनी झन लोकप्रिय बने। सन्दिपलाई पुबुदुले काठमाडौं बोलाउनुनै अहिलेको अबस्थामा पुग्नु जीवनको ट्रनिङ प्वाइन्ट बन्यो। अहिले सन्दिप लगायत नेपाली राष्ट्रिय क्रिकेट टोली डिभिजन २ को तयारीका लागि युएइमा छन्। युएइमा केहि अभ्यास खेलेर टोली नामिबिया जानेछ।

सन्दीपका बुबा भारतीय रेल्वे सेवामा कार्यरत भएकाले सन्दिपले भारतमै क्रिकेटमा ब्याट र बल समाउन सिकेका थिए। सन्दीप आईपीएल अक्सनमा छनोट भएपछि क्लार्कले बधाई दिँदै ट्वीट गरेका थिए। उनले आईपिएलको टिममा अधिकारसम्पन्न ठाउँमा भएको भए उनलाई अनुबन्ध गर्नेसमेत बताएका थिए।

प्रकाशित: १४ माघ २०७४ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App