२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

अरहन्तकेशर क्वार्टरफाइनलमा

नेपालका शीर्ष वरीयता प्राप्त खेलाडी अरहन्तकेशर सिंहले सोमबार ऋद्धि शाक्यलाई हराउँदै एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट संघको भवनमा भएको खेलमा अरहन्तकेशरले ऋद्धिमाथि ११–२, ११–५, ११–८ को सोझो सेटमा जित निकालेका हुन्। दोस्रो दिन भएका अन्य खेलमा अमिर ब्लोनले राजकुमार श्रेष्ठलाई ११–४, ११–७ र ११–६ ले, उमित शाक्यले विनायक श्रेष्ठलाई ११–३, ११–१ र ११–६ ले तथा गोपाल थापाले विकास तुम्सिङ मगरलाई ११–७, १२–१० र ११–९ ले हराउँदै अन्तिम आठमा स्थान बनाए।

राजेन्द्र शाक्य पनि राकेश परियारलाई ११–७, ११–१ र ११–२ ले हराएर अर्को चरणमा पुगे। ऋषभ चुरिवाल र र दीपक थापाले पनि आ–आफ्नो पहिलो खेल जिते।

ऋषभले पासाङ ब्लोनलाई ११–६, ११–२, ११–१ ले तथा दीपकले शिव कायस्थलाई ११–५, ११–५ र ११–७ ले निराश बनाए। मास्टर्स ५० प्लसमा लालबहादुर गुरुङले किशोर महर्जनलाई १२–१०, ११–४, १२–१४ र ११–९ ले तथा प्रज्वलप्रकाश प्रधानले रत्न महर्जनलाई ११–५, ११–९ र ११–७ ले हराए। नेपाल स्क्वास र्‍याकेट संघ स्थापनाको ३५ वर्ष पूरा भएको अवसरमा एनएसआरए एनिभर्सरी कप स्क्वास भएको हो।

प्रकाशित: २६ मंसिर २०८० ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App