८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप: नेपाललाई २१ स्वर्ण

तस्बिर सौजन्यः नेपाल कराँते महासंघ

सातौं दक्षिण एसियाली कराँते च्याम्पियनसिप आइतबार काठमाडौंमा सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दुइदिने च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको हो।

च्याम्पियनसिपमा २९ स्वर्ण, २६ रजत र ६ कास्य पदक प्राप्त गरी नेपाल शीर्षस्थानमा रहेको छ। यसैगरी २५ स्वर्ण, २२ रजत र १७ कास्य पदकका साथ भारत दोस्रो स्थानमा रहन पुगेको छ भने ६ स्वर्ण, सात रजत र १४ कास्य पदक जितेर बंगलादेश तेस्रो स्थानमा रहन पुग्यो। ४ स्वर्ण, एक रजत र १९ कांस्य पदक जिती पाकिस्तान चौथो, दुई स्वर्ण, आठ रजत र २९ कांस्य पदक प्राप्त गरी श्रीलंका पाँचौं र भुटानले दुई कांस्य पदक मात्र प्राप्त गरेको छ।

च्याम्पियनसिपमा भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तानसहित ६ राष्ट्रका दुई सय ३७ खेलाडी सहभागी थिए। च्याम्पियन दक्षिण एसियाली कराते महासंघको आयोजना र नेपाल कराते महासंघको व्यवस्थापनमा भएको थियो।

प्रकाशित: १८ मंसिर २०८० ०५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App