२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल सुपर लिग: चितवन एफसीद्धारा वीरगन्ज युनाइटेड पराजित

नेपाल सुपर लिग अन्तर्गत चितवन एफसीले वीरगन्ज युनाइटेड हराएको छ।

त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा आज साँझ सम्पन्न खेलमा चितवन एफसीले  वीरगन्ज युनाइटेडलाई २- १ गोलबाट हराउँदै महत्त्वपूर्ण ३ अंक प्राप्त गरेको हो। चितवनको जितको लागि विमल घर्ती मगरले २८ औ मिनेटमा तथा विदेशी खेलाडी टोरिन जोब्रिनले ६७ मिनेटमा एक एक गोल गरेका हुन।

वीरगन्जका लागि ५५ औ मिनेट  विदेशी खेलाडी ए के बाटफोरले हेड मार्फत गोल गर्दै खेल  १ -१ गोलको बराबरीमा ल्याए पनि टोरिन जोब्रिनले ६७ मिनेटमा गोल गरे पछि वीरगन्ज हारबाट जोगिन असफल भएको हो।नव प्रवेशी वीरगन्जको यो लगातार दोस्रो हार हो।आजको जितपछि चितवनले ३ खेलबाट ४ अंक पाएको छ।  

प्रकाशित: १५ मंसिर २०८० १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App