२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जब क्रिकेट स्टार विराट कोहली आउट भए...

आइतबार साँझ भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भारत र अस्ट्रेलियाबीच क्रिकेटको विश्वकप फाइनल खेल भइरहेको थियो। स्टेडियममा १ लाख ३० हजार दर्शकहरू खचाखच थिए।

फाइनल खेलको एक प्रतिस्पर्धी टिम अस्ट्रेलियाले टस जित्यो। र, पहिले बलिङ रोज्यो। भारत ब्याटिङ गर्न थाल्यो। ब्याटिङ गर्दै जाँदा २६औं ओभरमा भारतीय ब्याट्सम्यान विराट कोहलीले आफ्नो ७२ औं अर्ध शतक बनाए। कोहलीले ५६ बलमा ४ चौकाको सहयोगमा आफ्नो अर्ध शतक पुरा गरेका थिए। यस लगत्तै कोहली आउट भए। 

अस्ट्रेलियाका कप्तान पैट कमिंसको २९ औं ओभरको तेस्रो बल स्टम्पमा ठोकियो र उनी प्लेडअन बोल्ड भए। रंगशालानै स्तब्ध भयो र सन्नाटा छायो।

अस्ट्रेलियन अनलाइन पत्रिका ‘दि एज’ले कोहली आउट भएपछि  रङ्गशालाको अवस्थाबारे लेख्छ, ‘कोहलीको विकेट झरेको आवाज आउने बित्तिकै अस्ट्रेलियाका ११ जना खेलाडी मात्र उत्साहित भएको आवाज आइरहेको थियो।’ एक लाख ३० हजारले भरिएको दर्शक दीर्घामा सन्नाटा छाएपछि अस्ट्रेलियाका ११ जना खेलाडीले खुसी मनाएको आवाज मात्र रंगशालामा सुनिएको टिप्पणी उक्त पत्रिकाले गरेको छ।

पत्रिकाले अगाडी भनेको छ, ‘कोहलीको विकेट झरेपछि कप्तान कमिंसले आफ्नो टिमलाई जित तर्फ हिडाइसकेका थिए। बाँकी ट्राभिस हेड र मारनस लाबुशनको १९२ रनको साझेदारीले पुरा गरिदियो।’

पत्रिकाले अगाडी भनेको छ, ‘चाहे कोहली पिचबाट बिदाइ होस, हेडले शतक हानेकोहोस वा जितको क्षणमा नरेन्द्र« मोदी स्टेडियममा छाएको सन्नाटा होस यी सबै अस्ट्रेलियन टोलीका सदस्यहरुका लागि सुनौलो थियो। यतिसम्म की भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कमिन्सलाई ट्रफी हस्तान्तरण गर्न ढिलो गरे।

आइतबार साँझको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो। छैंटौ पटक विश्वकप उपाधि चुम्न सफल भयो। अस्ट्रेलियाले भारतलाई तेस्रो पटक फाइनलमा हराएको हो। भारतले अहिलेसम्म २ पटक मात्र विश्वकपको उपाधि हासिल गरेको छ।

प्रकाशित: ४ मंसिर २०८० ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App