७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नरेन्द्र मोदी स्टेडियमको फाइनलमा देश पराजित भएपछि प्रधानमन्त्री मोदीले भने, ‘सँधै तपाईँहरूको साथमा छौ’

क्रिकेट विश्वकप उपाधिका लागि आइतबार साँझ भएको फाइनल खेलमा आफ्नो देशको टिम पराजित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खेलाडीहरूको हौसला बढाएका छन्।

उनले फाइनल खेलमा भारत प्रतिस्पर्धी टिम अस्ट्रेलियासँग ६ विकेटले पराजित भएपछि सामाजिक सञ्जाल मार्फत हौसला बढाएका हुन।

उनले आइतबार साँझै ट्विट गर्दै भने, ‘विश्वकपमा तपाईँहरूको प्रतिभा र दृढ सङ्कल्प उल्लेखनीय थियो। तपाईँहरूले ठुलो मेहनत र भावनाका साथमा खेलेर देशलाई गौरवान्वित बनाउनु भएको छ । हामी आज,भाेलि र सधैँ तपाईँहरूको साथमा छौँ।’

विश्वकपको फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको थियो। तीन विकेट गुमाउँदा ४७ रन मात्र बनाएको अवस्थाबाट अस्ट्रेलियाले २४१ लक्ष्य भेट्टाउँदै छैटौँ पटक विश्वकप जितेको हो।

अस्ट्रेलियाले विश्वकप फाइनलमा भारतलाई यो सहित तीन पटक हराएको छ भने भारतले अहिलेसम्म दुई पटक मात्र विश्वकप जितेको छ।

प्रकाशित: ४ मंसिर २०८० ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App