१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :भारतविरुद्ध अस्ट्रेलियाका ट्रैविस हेडले सतक प्रहार गरे

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा भारतविरुद्ध अस्ट्रेलियाका ट्रैविस हेडले सतक प्रहार गरेका छन।  

उनले ९५ बलमा १४ चौका र १ छक्कासहित १०० रन पुरा गरेका हुन ।  

जितका लागि २४१ रन पछ्याएको अस्ट्रेलियाले ताजास्थीतीमा  ३७ ओभरमा ३ विकेट गुमाएर २०४  रन बनाएको छ।

 ट्रैविस हेड ११६ रनमा नट आउट रहेका छन।उनलाई मार्नस लाबुशेनले ४३ रन बनाएर साथ दिइरहेका छन।जितका लागि अस्ट्रेलियालाई ७८ बलमा ३७ रनको आवश्यकता रहेको छ ।  

यस अघि आयोजका भारतले पहिला व्याटिङ गर्दै ५० ओभरमा २४० रन बनाउँदा सबै विकेट गुमाएको थियो। 

प्रकाशित: ३ मंसिर २०८० १५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App