७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

केटलबोरघ र इलिङवर्थले विश्वकप फाइनल खेलाउने

इङ्लिस अम्पायरद्वय रिचर्ड इलिङवर्थ र रिचर्ड केटलबोरघले आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनल खेलाउने भएका छन्।

आयोजक भारत र पाँच पटकको विश्वविजेता अस्ट्रेलियाबीच अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार यस संस्करणको फाइनल हुँदै छ। केटलबोरघका लागि भने यो दोस्रो फाइनल अनुभव हुनेछ।

यसअघि उनले २०१५ को विश्वकप फाइनल खेलाएका थिए। त्यतिबेला उनका सहकर्मी थिए श्रीलंकाका कुमार धर्मसेना। आठ वर्ष अगाडि सम्पन्न उक्त फाइनलमा अस्ट्रेलियाले घरेलु मैदान मेलबर्न रंगशालामा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

त्यतिबेला मेलबर्नमा ९३ हजार दर्शकको उपस्थिति थियो। आइतबार हुने फाइनलमा भने यो संख्या बढ्ने निश्चित छ। अहमदाबादमा करिब एक लाख दर्शक फाइनल हेर्न आउने अनुमान गरिएको छ।

यो स्टेडियममा घरेलु समर्थकको बाहुल्यता हुनेछ। उनीहरूको एउटै चाहना हुनेछ, फेरि पनि घरेलु मैदानमा उपाधि जितेको हेर्ने। यसअघि भारतले सन् २०११ मा घरेलु भूमिमा नै विश्वकप उचालेको थियो। जुन भारतका लागि दोस्रो उपाधि पनि हो।

यता, इलिङवर्थका लागि पनि यो दोस्रो फाइनल अनुभव हुनेछ। अम्पायरका रूपमा भने उनको यो पहिलो सहभागिता हो। सन् १९९२ विश्वकप फाइनलमा इङ्ल्यान्ड इमरान खान नेतृत्वको पाकिस्तानसँग २२ रनले पराजित भएको थियो।

त्यतिबेला इलिङवर्थ टोलीका प्रमुख बलर थिए। अहमदाबादमा आइतबार जोयल विल्सन थर्ड अम्पायर, क्रिस गफाने फोर्थ अम्पायर र एन्डी पाइक्रफ्ट म्याच रेफ्रीको भूमिकामा हुनेछन्।

प्रकाशित: ३ मंसिर २०८० ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App