६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सुनिरालाई डबल्समा रजत

यु–१८ जुनियर टेनिसका रजत विजेता सुनिरा थापा (दायाँ) र दिनेथ्या धर्मरत्ने ट्रफीसाथ। तस्बिर: नागरिक

नेपालकी सुनिरा थापाले विमान २९औं राजशाही अन्तर्राष्ट्रिय यु–१८ जुनियर टेनिस प्रतियोगिताको महिला डबल्समा शुक्रबार रजत पदक जितेकी छन्।

बंगलादेशको राजशाहीमा सम्पन्न फाइनलमा उनी भारतका साइजयनी बनेर्जी र पाल उपाध्यायको जोडीसँग पराजित भएपछि रजत पदकमा सीमित भइन्। सुनिरा र श्रीलंकाकी दिनेथ्या धर्मरत्नेको जोडी भारतका साइजयनी बनेर्जी र पाल उपाध्यायको जोडीसँग ७–५ र ७–६ को सेटमा पराजित भएका हुन्।

प्रतियोगिता अड्भोकेट अब्दुस सलाम टेनिस कम्प्लेक्स राजशाहीले आयोजना गरेको हो। यसअघि बंगलादेशको ढाकामा भएको केही दिनअघि मात्र सम्पन्न वल्र्ड टेनिस टुर जुनियर, जिआर–५ को महिला सिंगल्समा पनि सुनिराले नेपाललाई रजत दिलाएकी थिइन्।

प्रकाशित: २ मंसिर २०८० ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App