७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप छनोट: नेपाल यूएईसँग पराजित

फिफा विश्वकप २०२६ छनोटमा नेपाल नेपाल युएईसँग पराजित भएको छ।

गएराती युएइमा सम्पन्न छनोटको दोस्रो चरणको पहिलो खेलमा यूएईले नेपाललाई  ४-० गोलले पराजित गरेको हो।युएईका लागि कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल हम्मादि र फावियो लिमाले एक एक गोल हाने।  

पहिलो हाफमा नै युएईले ४ गोल गरेको हो।खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो । दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन। 

नेपालले छनोटको दोस्रो खेलमा यमन विरुद्ध नोभेम्बर २१ मा काठमाडौंमा खेल्नेछ। यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन्।

प्रकाशित: १ मंसिर २०८० ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App