२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

भारतमा जारी आईसिसी विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो अन्तिम खेलमा आज अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ।

यस अघि ३ सय ७ रनको ठूलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४४ दशमलब २ ओभरमा मात्र २ विकेट गुमाएर बिजयी लक्ष्य पुरा गरेको हो। यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाको जितमा मिचेल मार्सले १३२ बलमा  १७ चौका र ९ छक्कासहित १७७ रन बनाए ।  त्यसैगरी स्टिभ स्मिथले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन बनाए।ओपनर डेभिड वार्नरले पनि ६१ बलमा ६ चौका प्रहार गर्दै ५३ रन बनाए ट्राभिस हेड १० रनमै आउट भए।

बंगलादेशका लागि तस्किन अहमद र मुस्ताफिजुए रहमानले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनाएको थियो।

बंगलादेशका लागि तौहिद हृडोयले  ७४ रन बनाए।नजमुल हसन शान्तोले ४५ रन बनाए।तान्जिद हसन र लिट्टन दास दुबैले समान ३६ रन बनाए।महमुदुल्लाहले ३२ रन बनाए । मेहिदी हसन मिराजले २९ र मुस्फिकुर रहिमले २१ रन बनाए।अष्ट्रेलियाका लागि सन एबोट र एडम जाम्पाले समान २ र मार्कस स्टोइनिसले १ विकेट लिए।

बंगलादेश यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।अष्ट्रेलिया तालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा अष्ट्रेलियाको प्रतिद्वन्द्वी पनि तय भइसकेको छ।अष्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।

 

प्रकाशित: २५ कार्तिक २०८० १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App