१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध श्रीलङ्काको ५ विकेट गयो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले ५ विकेट गुमाएको छ।  

श्रीलंकाले चौथो र पाँचौ विकेट क्रमश विकेट ८ .२ ओभरमा   र ८ .३ ओभरमा  गुमाएको हो।चौथो र पाँचौ विकेट गुमाउँदा श्रीलंकाले जम्मा ७० रन मात्र बनाउन सकेको छ । यस अघि श्रीलंकाले पहिलो विकेट १ दशमलब ५ ओभरमा ,दोस्रो विकेट ४ दशमलब १ ओभर तथा तेस्रो विकेट ४ दशमलब ४ ओभरमा गुमाएको हो । श्रीलंकाका पथुम निसंका  २ रनमा ,कप्तान कुसल मेंडिस ६ रनमा तथा सदीरा समराविक्रमा १ रन बनाएर आउट भएका  छन। न्युजिल्याण्डका ट्रेंट बोल्टले ३ विकेट तथा टिम साउदीे र लॉकी फ़र्ग्युसले एक एक विकेट लिएका छन्।  

बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेलमा न्युजिल्यान्डले टस जितेर श्रीलङ्कालाई पहिला व्याटिङ  गर्न लगाएको हो।  ताजास्थीतीमा  श्रीलङ्काले १२ ओभरमा  ५  विकेट गुमाएर ८४ रन बनाएको छ।    

अङ्क तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्ड आजको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने सम्भावनालाई थप बलियो बनाउने लक्ष्यसहित मैदान उत्रको छ।

केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्डले हालसम्म ८ खेल खेलेको छ। जसमा ६ मा जित हात पारेको छ। समान ८ खेल खेलेको श्रीलङ्काले भने जम्मा २ मा जित हात पार्न सकेको छ। र, अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App