१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः न्युजिल्यान्ड र श्रीलङ्काबिच खेल जारी,श्रीलङ्काले ५ ओभर भित्रै ३ विकेट गुमायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले न्युजिल्यान्ड र श्रीलङ्काबिच खेल भइरहेको छ। बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेलमा न्युजिल्यान्डले टस जितेर श्रीलङ्कालाई पहिला व्याटिङ  गर्न लगाएको छ।

ताजास्थीतीमा श्रीलङ्काले ८ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको छ। श्रीलंकाले पहिलो विकेट १ दशमलब ५ ओभरमा , दोस्रो विकेट ४ दशमलब १ ओभर तथा तेस्रो विकेट ४ दशमलब ४ ओभरमा गुमाएको हो।श्रीलंकाका पथुम निसंका  २ रनमा ,कप्तान कुसल मेंडिस ६ रनमा तथा सदीरा समराविक्रमा १ रन बनाएर आउट भएका  छन।न्युजिल्याण्डका ट्रेंट बोल्टले २ विकेट तथा टिम साउदीले १ विकेट लिए।

अङ्क तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्ड आजको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने सम्भावनालाई थप बलियो बनाउने लक्ष्यसहित मैदान उत्रको छ।

केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्डले हालसम्म ८ खेल खेलेको छ। जसमा ६ मा जित हात पारेको छ। समान ८ खेल खेलेको श्रीलङ्काले भने जम्मा २ मा जित हात पार्न सकेको छ। र, अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: २३ कार्तिक २०८० ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App