१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

मुख्यमन्त्री कोहलपुर गोल्डकप: त्रिभुवन आर्मी फाइनलमा

कोहलपुरमा सोमबार भएको खेलमा प्रतिस्पर्धा गर्दै दुधौली स्पोर्ट क्लब र त्रिभुवन आर्मीका खेलाडी।

मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगितामा दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

कोहलपुरस्थित तेह्र विघा खेल मैदानमा सोमबार भएको खेलमा त्रिभुवन आर्मीले दुधौलीलाई ४–१ गोलले पराजित गर्‍यो।

दुधौली स्पोर्ट क्लब सिन्धुलीका खेलाडी अजयकुमार श्रीवास्तवले खेल सुरु भएको २९ औं मिनेटमा गोल गरेका थिए। त्यसका विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले ३४ औं र ६१ औं मिनेटमा गोल गरे।

आर्मीकै खेलाडी मानबहादुर आले मगरले खेल सुरु भएको ७३ औं मिनेटमा र मदन लिम्बुले ८३ औं मिनेटमा गोल गरेर टिमलाई जित दिलाए। त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आले मगर म्यान अफद म्याच घोषित भए। उनले नगद ५ हजार प्राप्त गरे। 

गोल्डकप उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईज यूनाइटेड क्लबबीच खेल हुने आयोजकले जनाएको छ। दुवै टिमबीच बुधबार प्रतिस्पर्धा हुनेछ।

चर्च व्वाईजले गोर्खा व्वाईजलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो। उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी छन्। प्रतियोगिताका विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रकाशित: २० कार्तिक २०८० १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App