५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

ओमानविरुद्ध नेपाललाई लगातार छैटौं सफलता

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले ओमानविरुद्ध लगातार ३ विकेट लिएको छ। नेपालले ओमानविरुद्ध तेस्रो विकेटको रुपमा विवेक यादवको बलमा ओमानमा ब्याट्सम्यान जीशान मक्सूद आउट भएका छन्। उनलाई नेपालका कप्तान रोहितकुमार पौडेलले क्याच आउट गरेका हुन्। मक्सूद १८बलमा २६ रन बनाएर आउट भएका हुन्। 

यस्तै चौथो विकेटको रुपमा ओमानका कश्यप प्रजापति अविनाश बोहराको बलमा क्याच आउट भएका हुन्। उनलाई रोहित कुमार पौडेलले क्याच आउट गरेका हुन्। कश्यपले सर्वाधिक ६३ रन बनाए।

यसैगरी ओमानको पाँचौ विकेट पनि झरेको छ। करण केसीले ओमानका नशिम खुशीलाई आउट गरेका छन्। उनी एक रन बनाएर पबेलियन फर्केका छन्।

यस्तै ओमानको छैटौं विकेट पनि झरेको छ। करण केसीको बलमा विवेक यादवले ओमानका मेहरान खानलाई क्याच आउट गरेका छन्।

यसअघि नेपालका सोमपाल कामीले ओमानका प्रतिक अथावलेलाई ७ रनमा आउट गरेका थिए। नेपालले ओमानलाई खेल जित्न १८५ रनको लक्ष्य दिएको थियो। नेपालले खेलको समाप्तिमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो।  

नेपालका ब्याट्सम्यान गुल्शन झाले सर्वाधिक रन ५४ बनाएका थिए । उनले २५ बलमा ५ चौका र ४ छक्काको सहायताले उक्त रन बनाएका हुन । झा ओमानका बिलाल खानको बलमा शकिल अहमदको हातबाट क्याच आउट भएका थिए।

नटआउट रहेको कप्तान रोहितकुमार पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए । रोहितले ५ चौका र २ छक्का छानेका थिए ।  

यसैगरी कुसल भुर्तेलले २२ बलमा ३१ रन बनाएका थिए। उनले ३ चौका र २ छक्काको सहायताले उक्तरन बनाएका हुन। उनी आकिब इलियासको बलमा मेहरान खानको हातबाट क्याच आउट भएका थिए ।  

अर्का नटआउट ब्याट्सम्यान करण केसीले १ चौका र २ छक्काको सहायताले ६ बलमा २० रन बनाएका थिए। 

आसिफ शेख एउटा छक्का छानेर आउट भएका थिए। आसिफ बिलाल खानको बलमा कश्यप प्रजापतिको हातबाट क्याच आउट भएका हुन।  

सन्दिप जोराले एउटा चौकासहित १३ बलमा ११ रन बनाएर आउट भएका थिए । जीशान मक्सूदको बलमा आउट भएका हुन। कुशल मल्लको प्रदर्शन झनै खराब रह्यो । उनी ९ बल खेलेर ३ रन बनाएर आउट भएका थिए।

तीन बलमा एक रन बनाएका बिवेक यादव बिलाल खानको बलमै उनीबाटै क्याच आउट भएका थिए ।

प्रकाशित: १९ कार्तिक २०८० ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App