२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई दोस्रो सफलता

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता हात लागेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी फाइनल खेलमा नेपालले ओमानको दोस्रो विकेट लिएको छ।

ओमानका आकिब इलियास गुल्शन झाको बलमा सन्दीप जोराबाट क्याच आउट भएका हुन्। यसअघि नेपालका सोमपाल कामीले ओमानका प्रतिक अथावलेलाई ७ रनमा आउट गरेका थिए।

ओमानले १०.३ ओभरमा १०३ रन बनाएर २ विकेट गुमाएको छ । 

नेपालले ओमानलाई खेल जित्न १८५ रनको लक्ष्य दिएको थियो। नेपालले खेलको समाप्तिमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो।

नेपालका ब्याट्सम्यान गुल्शन झाले सर्वाधिक रन ५४ बनाएका थिए। उनले २५ बलमा ५ चौका र ४ छक्काको सहायताले उक्त रन बनाएका हुन्। झा ओमानका बिलाल खानको बलमा शकिल अहमदको हातबाट क्याच आउट भएका थिए।

नट आउट रहेको कप्तान रोहितकुमार पौडेलले ३७ बलमा ५२ रन बनाएका थिए। रोहितले ५ चौका र २ छक्का छानेका थिए।

यसैगरी कुसल भुर्तेलले २२ बलमा ३१ रन बनाएका थिए। उनले ३ चौका र २ छक्काको सहायताले उक्त रन बनाएका हुन। उनी आकिब इलियासको बलमा मेहरान खानको हातबाट क्याच आउट भएका थिए।

अर्का नट आउट ब्याट्सम्यान करण केसीले १ चौका र २ छक्काको सहायताले ६ बलमा २० रन बनाएका थिए।  

आसिफ शेख एउटा छक्का छानेर आउट भएका थिए। आसिफ बिलाल खानको बलमा कश्यप प्रजापतिको हातबाट क्याच आउट भएका हुन।

सन्दीप जोराले एउटा चौकासहित १३ बलमा ११ रन बनाएर आउट भएका थिए। जीशान मक्सूदको बलमा आउट भएका हुन।

कुशल मल्लको प्रदर्शन झनै खराब रह्यो। उनी ९ बल खेलेर ३ रन बनाएर आउट भएका थिए। तीन बलमा एक रन बनाएका विवेक यादव बिलाल खानको बलमै उनीबाटै क्याच आउट भएका थिए।

प्रकाशित: १९ कार्तिक २०८० ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App