४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

पन्चासे ट्रेल रेसको उपाधि सुनुवार र राईलाई

५५ किलोमिटर दूरीको उपाधि विजेता। तस्बिरः नागरिक

पोखरा ट्रेल रेस सिरिजले आयोजना गरेको ५५ किलोमिटरको पन्चासे ट्रेल रेसको उपाधि पुरुषतर्फ बेदबहादुर सुनुवारले जितेका छन्। महिला तर्फको उपाधि भने प्रिया राईले जित्न सफल भईन्। सुनुवारले ५ घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जित। राईले उपाधि जित्न ७ घण्टा १२ मिनेटको समय लगाएकी थिईन्।

पुरुष तर्फ ६ घण्टा १३ मिनेटमा पुरा गर्दै धिरजबहादुर बुढा दोस्रो स्थानमा आए। ६ घण्टा २७ मिनेटमा दौड पुरा गरेका मोहनदेव जोशी तेस्रो बने। मन्जु रावत दोस्रो स्थानमा आउन ७ घण्टा १४ मिनेटको समय लगाईन्। त्यस्तै ७ घण्टा २७ मिनेट लगाएकी निकोला सोरागम तेस्रो स्थानमा रहिन्।  

दौडमा सहभागि विदेशीलाई रेसका क्रममा स्वागत गर्दै स्थानीय।

२५ किलोमिटरको रेसको उपाधि पुरुष तर्फ निरोज भट्ट क्षत्रीले दुई घण्टा ५८ मिनेटमा पुरा गर्दै उपाधि जिते। अशोक बराम दोस्रो (३घण्टा २२ मिनेट), तेन्जोन रोका मगर तेस्रो (३ घण्टा २२ मिनेट २० सेकेण्ड), सोनु कुँवर चौथो(३ घण्टा ३६ मिनेट) भए। महिला तर्फ गणना भण्डारी प्रथम भईन्। उनले दुरीलाई ४ घण्टा ४ मिनेटमा पुरा गरिन्। त्यस्तै नितु तामाङ दोस्रो (४ घण्टा २७ मिनेट), कानुका सिल्भिया तेस्रो(५ घण्टा २०मिनेट) र एलिजेथ पाचण्ड चौथो(५ घण्टा २८ मिनेट) भईन्।  

७ किलोमिटर रेस पुरुष तर्फ श्याम मगराती प्रथम भए। उनले ३० मिनेटमा पुरा गरेका थिए। दिवाकर बुढा मगर दोस्रो भए। विक्रम खड्का तेस्रो हुँदा ईश्वर मगराती चौथो भए। महिला तर्फ हुमी बुढामगर प्रथम भईन्। उनले १ घण्टा १६ मिनेटमा दौड पुरा गरिन्। सुस्मिता रानाभाट दोस्रो, ममता नेपाली दोस्रो, एन्जिला जि.टी चौथो भईन। पोखरा ट्रेल रेस सिरिजका संस्थाका संस्थापक अध्यक्ष विकास गुरुङले ५५ किलोमिटर विजेता महिला तथा पुरुष धावकले थाइल्याण्डमा आयोजना हुने अल्ट्रा रेसमा सहभागिता जनाउन पाउने जानकारी दिए।

८० किलोमिटरको उपाधि लामालाई

८० किलोमिटर दूरीको उपाधि विजेता।

त्यस्तै ८० किलोमिटरको पन्चासे अल्ट्रा रेसको उपाधि भने सफल लामाले जितेका छन्। उनले १२ घण्टा १२ मिनेटको समयमा पुरा गर्दै उपाधि जित्न सफल भए। त्यस्तै सन्दीप थापाले १४ घण्टा ३८ मिनेटमा पुरा गर्दै दोस्रो स्थानमा रहे। सुखद बस्यालले १५ घण्टा ४० मिनेटको समय लगाउँदै पुरा गरे । उनले तेस्रो स्थानमा अल्ट्रा रेसलाई टुंग्याए।  

पोखरामा आयोजना हुने रेसलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले धावकलाई आईटिआरए प्वाईन्ट्स (अंक) दिने उनको भनाई थियो। ८० किलोमिटरको उक्त दौड लुम्रे, सिदिङ, लो–क्याम्प र बादलडाँडा पुगेर फर्केका थिए। त्यसपछि अष्टे«ेलियन क्याम्प, काँडेभदौरे, पन्चासे, पुम्दीभुम्दी हुदै पोखराको खपौदी पुगेर दौड समापन भएको थियो। ट्रेल रेसको यो नवौं संस्करण हो।

 हराउँदै गएका पोखरा र सेरोफेरोका गाँउहरुका गोरेटो बाटोलाई प्रवद्र्धन गर्ने काम ‘पोखरा ट्रेल रेस सिरिज’ ले गर्दै आएको आयोजकले बताएको छ। पोखरा र आसपासमा धेरै ट्रेल(गोरेटो) छन्। प्रचलनमा रहेकालाई संरक्षण र प्रचलनमा नरहेकालाई प्रवद्र्धन गर्ने अभियानलाई संस्थाले सहयोगी भूमिका खेल्दै आएको अध्यक्ष गुरुङले बताए।  

दौडमा ७ जना नेपाली सेनाका सहित ८७ जना नेपाली, २३ जना विदेशी सहभागिता जनाएका थिए। विजेतालाई अल्ट्रा रेस धावक हरिबहादुर रोकायाले पुरस्कार प्रदान गरेका थिए। रोकायालाई सम्मान स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गरिएको थियो। 

प्रकाशित: १९ कार्तिक २०८० ०७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App