६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

चेसमा रूपेश जैसवाल प्रथम

भक्तपुर साकोस र्‍यापिड नेसनल चेस च्याम्पियनसिपमा वर्तमान नेपाल च्याम्पियन रूपेश जैसवाल शतप्रतिशत नतिजाका साथ प्रथम हुन सफल भएका छन्।

भक्तपुर बचत तथा ऋण सहकारी संस्थाद्वारा कात्तिक १७ र १८ गते दुई दिनमा सम्पन्न प्रतियोगितामा प्रथम हुने उनले नगद पुरस्कार २५ हजार रूपैयाँ पाए। शनिबार सम्पन्न पाँचौंदेखि नवौं चरणको खेलबाट दोस्रो स्थान बद्रीलाल नेपालीले सुरक्षित गरे। उनले नगद रु. १५ हजार हात पारे। साथै आशिष फुँयाल तेस्रो भए। उनले १० हजार पाए।

प्रतियोगितामा सुरोज महर्जन चौथो, क्षितिज भण्डारी पाँचौं, सुशील चौधरी छैटौं, सुश्रुत दाहाल सातौं, पुरुषोत्तम सिलवाल आठौँ, राजेश कक्षपति नवौं र केशव श्रेष्ठ दशौँ भए। उनीहरूमध्ये चौथौले सात हजार, पाँचाैंले पाँच हजार र छैटौंदेखि दशौंसम्मले समान चारचार हजार रूपैयाँ प्राप्त गरे।

उता ५५ वर्षभन्दा माथि जगन्नाथ ताम्राकार प्रथम र डिएस तुलाधर दोस्रो भए। १२ वर्षमुनि अग्रिम सैंजु प्रथम, एन्जल महर्जन दोस्रो, उज्जीवनी कँडेल तेस्रो भए। १६ वर्षमुनि स्वर्णिम दुवाल प्रथम, कुशल बेलबासे दोस्रो, सुदिन तुइँतुई तेस्रो भए। महिलातर्प पुनम प्रसाईं प्रथम र सिन्दिरा जोशी दोस्रो रहे।

१४०० रेटिङमुनि शुभम न्यौपाने उत्कृष्ट भए भने १६०० रेटिङमुनि सानुभाइ महर्जन उत्कृष्ट ठहरिए। १८०० रेटिङमुनि शैलेन्द्रकुमार न्यौपाने उत्कृष्ट भए। अनरेटेडतर्फ शुभम श्रेष्ठ उत्कृष्ट भए। भक्तपुरका उत्कृष्ट खेलाडीमा योगेश श्रेष्ठ प्रथम र विकास कुलुजू दोस्रो भए।

प्रकाशित: १९ कार्तिक २०८० ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App