११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

युएईले गुमायो दोस्रो विकेट

नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटमा संयुक्त अरब इमिरेट्स(युएई) विरुद्धको सेमिफाइनलमा चौथो ओभरमा नै दुई विकेट लिएको छ। 

तीव्र गतिका बलर सोमपाल कामीले खलिद साहलाई ३ रनमा रन आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका छन्। त्यसपछि उनले चौथो बलमा कप्तान मोहम्मद वसिमलाई २६ रनमा आउट गरेका हुन् । उनले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए। मूलपानी क्रिकेट मैदानमा शुक्रवार जारी आइसिसी ट्वान्टी–२० विश्वकप (एसिया क्वालिफायर) सेमिफाइनलमा आक्रामक ब्याटिङ गरिरहेको युएई चार ओभरको समाप्तिमा ३० रन जोडेको छ। 

जारी विश्वकप छनोटमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो पटक खेलिरहेका छन्। पहिलो खेलमा सिंगापुरविरुद्धको खेल अगाडि अभ्यास गर्ने क्रममा उनी घाइते भएका थिए। त्यसपछि उनले समूहका तीन खेल गुमाएका थिए। ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादवले पनि युएईविरुद्ध अवसर पाएका छन्। 

प्रकाशित: १७ कार्तिक २०८० ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App