४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिकाले ३५७ रन बनाएको छ। भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा दिउँसो २ः१५ बजे बाट सुरु भएको खेलमा टस हारेर पहिला व्याटिङ गर्न निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको हो।

दक्षिण अफ्रिकालाई विशाल रन बनाउन क्विंटन डिकॉक र रासी वान दर दुसेंले सतक बनाए । क्विंटन डिकॉकले ११६ बलमा १० चौका र  ३ छक्कासहित ११४ रन बनाए । त्यसैगरी रासी वान दर दुसेंले ११८ बलमा ९ चौका  र  ५ छक्कासहित १३३ रन बनाए ।  त्यसैगरी कप्तान तेम्बा बवूमाले २४ रन तथा डेविड मिलरले ५३ रनको योगदान दिए । त्यसैगरी हाइनरिक क्लासन १५ रनमा तथा एडन मारक्रम ६ रन बनाएर नट आउट रहे ।

न्युजिल्याण्डका लागि टिम साउदीले १० ओभरमा ७७ रन दिएर २ विकेट लिए । त्यसैगरी जिमी नीशम र ट्रेंट बोल्टले एक एक जनालाई आउट गरे।

जारी लिगमा दुवैले यस अघि ६/ ६ खेल खेलिसकेका छन । दक्षिण अफ्रिका ६ मा ५ जित र १ हारसंसगै १० अंक बटुलेर तालिकामा दोस्रो स्थान ओगटेको छ । त्यसैगरी न्युजिल्याण्ड ६ खेलमा ४ जित र २ हारसंगै ८ अंकपाएर तेस्रो स्थानमा रहेको छ।  आजको खेलमा दुबै टोली जित हात पार्दै आफ्नो सेमिफाइनल यात्रालाई बलियो बनाउन चाहन्छ।  

प्रकाशित: १५ कार्तिक २०८० १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App