१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

आइसीसी ट्वान्टी–२० विश्वकप छनोट: नेपालले भोलि सिङ्गापुरसँग खेल्ने

फाइल तस्बिर

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ। भोलिदेखि काठमाडौँमा आयोजना हुने छनोटको एसिया क्वालिफायर सुरु हुँदैछ।

भोलि हुने उद्घाटन खेलमा नेपालले सिङ्गापुरसँग त्रिवि मैदानमा खेल्नेछन्। खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्। एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्।  जसमा नेपालसहित ८ मुलुकले सहभागिता जनाउँदै छन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्। आफ्नै भूमिमा आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने नेपालको लागि यो सुनौलो मौका हो।

प्रकाशित: १२ कार्तिक २०८० ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App