१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

पूर्वखेलाडी आरकेद्वारा तेक्वान्दो खेलाडी सम्मानित

करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्वय सुनीता विष्ट र सीता तामाङलाई सम्मान गरेका छन् ।

लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै पूर्वखेलाडी आरके, खेलप्रेमी विपिन गुरुङ र रविन खड्काले मुजुमा भएको कार्यक्रमबीच नेपालका तेक्वान्दो खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् । पूर्वखेलाडी आरके र खेलप्रेमी समूहले तेक्वान्दो खेलाडीद्वय सुनीता र सीतालाई करिब एक लाख रूपैयाँद्वारा सम्मान गरेका थिए । आरकेले आफू पनि खेलाडी भएकाले देशका खेलाडीलाई प्रोत्साहित गर्न उनीहरूलाई सम्मान गरिएको बताए ।  

‘उहाँहरू तेक्वान्दोका मास्टर्स पनि हुनुहुन्छ । खेल्ने र खेलाउने दुवै गर्नुहुन्छ । त्यसैले पनि देशको खेलविकासमा काम गर्न अभैm प्रोत्साहन मिलोस् भनेर सम्मान गरेका हौं,’ करातेका पूर्वखेलाडी आरकेले भने । तेक्वान्दो खेलाडीद्वय सुनीता र सीता हाल दक्षिण कोरियाको मुजुमा प्रशिक्षणरत छन् । दुवै जना मुजुमा जारी ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिङ कार्यक्रममा पछिल्ला तीन सातादेखि प्रशिक्षण गरिरहेका छन् ।

प्रकाशित: १२ कार्तिक २०८० ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App