२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसीसी यू–१९ को उपाधि जितेका नेपाली टोली स्वदेश फर्कियो

फाइल तस्बिर

एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फर्केको छ। आज बिहान साढे ६ बजे हिमालयन एयरलाइन्सबाट नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रतिनिधि लगायतले विमानस्थलमा स्वागत गरेका छन्।

मलेसियामा भएको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई डकवर्थ लेविस पद्धतिअनुसार १९ रनले हराउँदै उपाधि जितेको थियो।

नेपालसँगै यूएई र जापानले पनि एसिया कपमा स्थान बनाएका छन्।  

यू–१९ एसिया कपको समूह ‘ए’मा नेपालले पाकिस्तान र भारतसँगै यूएईसँग खेल्नेछ। समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापान छन्।

प्रकाशित: ९ कार्तिक २०८० ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App