७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

प्रिमियर कप फाइनल: नेपालद्वारा यूएईसामू २८१ रनको लक्ष्य प्रस्तुत

एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले यूएई सामू दुई सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनायो। नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगदान दिए। उनले ९२ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै उत्तम थापा मगरले ५७ रन जोडे भने अर्जुन कुमालले ५५ रन बनाए। अर्जुन र देवले तेस्रो विकेटका लागि एक सय २५ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। दीपक डुम्रेले २८ रन बनाए भने दीपेश कँडेलले १०, दीपक बोहराले पाँच, हेमन्त धामीले सात तथा विशाल विक्रम केसी तीन रनमा आउट भए।

युएईका लागि हरित शेठ्ठीले पाँच विकेट लिए भने कप्तान आयन खानले दुई विकेट लिए। यूएई अहिले जवाफी व्याटिङमा उत्रेको छ।

प्रकाशित: ७ कार्तिक २०८० ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App