४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आइसीसी विश्वकप क्रिकेटः आज भारत र न्युजिल्यान्ड खेल्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भारत र न्युजिल्यान्डबीच खेल हुँदैछ।  

आजको खेल भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा दिउँदो २ः१५ बजे सुरु हुनेछ। जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन। त्यसकारण पनि आजको खेल रोमाञ्चक हुने देखिन्छ।

न्युजिल्यान्ड लिगको शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।  

रोहित शर्माको कप्तानीमा रहेको भारत आजको खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ भने न्युजिल्यान्ड आफ्नो स्थान कायम राख्न चाहन्छ।  

तर, भारतीय मौसम विभागका अनुसार मौसमका कारण आजको खेल ढिलो सुरु हुन सक्ने सम्भावना छ। वर्षाको सम्भावना रहेका कारण आजको खेलमा उतारचढाव आउन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: ५ कार्तिक २०८० ०५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App