७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप छनौट :आज नेपाल र लाओसबिच खेल हुँदै , लाओसलाई हराउने नेपालको लक्ष्य

फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटमा आज नेपालले लाओसँग प्रतिस्पर्धा गर्दैछ।  

दोश्रो लेग अन्र्तगत नेपालले लाओसँग उसकै भुमिमा आज  नेपाली समय अनुसार बेलुका पौने ६ बजे खेल खेल्दैछ। 

यस अघि गएको बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो। दोस्रो चरणमा पुग्नका लागि नेपालले आज लाओसलाई हराउनैपर्ने हुन्छ।

दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ। त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण छ।

नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ। यस्तै यमन र श्रीलंकाबीचको पहिलो चरणको विजेता पनि यही समूहमा रहनेछ।

प्रकाशित: ३० आश्विन २०८० ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App