२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

लुभु डोजो च्याम्पियन

लुभु डोजो चौथो उपत्यकाव्यापी कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा लुभु १० स्वर्ण, २ रजत र ३ कांस्यसहित समग्रमा टिम च्याम्पियन बनेको हो । मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण, ४ रजत र ४ कांस्य साथ दोस्रो तथा काभ्रे डोजोे २ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसाथ तेस्रो भयो । 

प्रतियोगितामा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजोका ३ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ २० केजीदेखि ५५ केजी र खुला र पुरुषतर्फ २० केजीदेखि ६० केजीसम्म र खुला तौलसमूहमा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक सूर्य लामाले जनाएका छन् । महिला पुरुष दुवैको एकल कातामा पनि खेल भएको थियो ।

त्यस्तै उमेरसमूहअन्तर्गत प्यारागन डोजोले ६ स्वर्णसहित पहिलो हुँदै जुनियरतर्फ उपाधि हासिल गरेको छ । डोजोले ६ स्वर्ण, १ रजत र ४ कांस्य पदक हासिल गरेको थियो । २ स्वर्ण, ३ रजत र ११ कांस्यसहित आयोजक विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कांस्यसहित डेमस स्कुल डोजो तेस्रो भएको थियो ।

उमेरसमूहअन्तर्गत १० वर्षका विद्याआर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ट खेलाडी भएका थिए । उमेरसमूहअन्तर्गत ७ वर्षदेखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।

प्रकाशित: ३० आश्विन २०८० ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App