१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : इग्ल्याण्ड र बंगलादेशविच खेल जारी,इग्ल्याण्डले १०० रन कटायो

भारतमा जारी विश्वकप क्रिकेट अन्र्तगत इग्ल्याण्ड र बंगलादेशविच अहिले खेल भइरहेको छ ।बंगलादेशले टस जितेर इग्ल्याण्डलाई पहिलो व्याटिङ गर्ने निम्तो दिएको छ।

भारतको हिमान्चल प्रदेशको धर्मशाला रंगशालामा विहान १० :४५ सुरु भएको यो खेलमा इग्ल्याण्डले कुनै विकेट नगुमाई १०० रन कटाइ सकेको छ । ताजास्थीतीमा इग्ल्याण्डलले  १७ ओभरमा कुनै विकेट नगुमाइ ११३ रन बनाएको छ । इग्ल्याण्डका सुरुवाती व्याटर दुवैले अर्धसतक पुरा गरेका छन । डाविड मलान  ६० रन तथाजॉनी बेयरस्टो ५२ रन बनाएर खेलिरहेका छन। 

यो विश्वकपमा यी दुवैको दोस्रो खेल हो । साविक विजेता इग्ल्याण्ड साविक उपविजेता न्युजिल्याडसंग पराजित भएको थियो। पहिलो खेलमा बंगलादेशले  चाहि अफगानिस्तानलाई  ६ विकेटबाट हराएको थियो।

आज ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान गरिएकाले यो खेल वर्षाले प्रभावित हुने अनुमान गरिएको छ । यस पिच वलिङको लागि उपयुक्त मानिएको छ । यस पिचमा अहिले सम्म २१० रनको उच्चतम स्कोर बनेको छ । यस मैदानमा पहिला व्याटिङ गर्ने टोलीले भन्दा दोस्रो व्याटिङ गर्नेले खेल वढि जितेको इतिहास रहेको छ।

दुवै टिम एकदिवसीय खेलमा २४ पटक भिडेका छन् । जसमा इग्ल्याण्डले १९र बंगलादेशले ५ पटक खेल जितेका छन्।  

प्रकाशित: २३ आश्विन २०८० ०६:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App