१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : इग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड पहिलो विकेट गयो

१३ औं विश्वकप क्रिकेट अन्र्तगत इग्ल्याण्डले न्युजिल्याण्डको पहिलो विकेट लिन सफल भएको छ।  

जितको लागि २८३ रन  पछ्याएको न्यूजिल्याडले पहिलो विकेटको रुपमा विल योंगलाई गुमाउन पुगेको हो। विल योंग पहिलो बलमै कुनै बनाउन नसकि आउट भएका थिए ।  उनी आउट हुँदा न्यूजिल्याडले १ दशमलब १ ओभरमा  १० रन बनाएको थियो। विल योंगलाई इग्ल्याण्डका बलर साम करनले आउट गरेका हुन। ताजास्थीतमा न्युजिल्याण्डले  ६ ओभरमा १ विकेट गुमाएर  ३७ रन बनाएको छ।

यस अघि साविक विजेता इग्ल्याडले टस हारेर पहिलो व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको हो।इग्ल्याडका लागि सबै भन्दा वढि जो रुटले  ७७ रन बनाए  । त्यसैगरी कप्तान जस बटलरले ४३ , जोनी बेयरस्टोले ३३ तथा ह्यारी ब्रुकले २५ रन बनाए । न्युजिल्याण्ड लागि म्याट हेनरीले  १० ओभरमा  ४८ रन खर्चेर सबै भन्दा वढि ३ विकेट लिए ।त्यसैगरी ग्लेन फिलिप्स र मिचेल सान्टनार दुई दुई लिए।त्यसैगरी ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एक एक जनालाई आउट गरे। 

भारतको हमदवादमा दिवा रात्री खेलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्यान्डलाई पहिला व्याटिङ गर्न निम्तो दिएको हो।

साविक विजेता इंग्ल्यान्ड र  साविक उपविजेता न्युजिल्यान्डबीच विश्वकपमा १० खेल भएको छ।दुबै टोलीले ५ /५ खेल जितेका छन् । एक दिवसीयमा  भने यी दुई देशले कुल ९५ खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४५ र न्युजिल्यान्ड ४४ खेल  जितेका छन।

इंग्ल्यान्डको प्लेइङ ११

जस बटलर (कप्तान), मोईन अली, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, मार्क वुड र क्रिस वोक्स।

न्युजिल्यान्डको प्लेइङ ११

ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कन्वे, म्याट हेनरी, टम लाथम (कप्तान तथा विकेटकिपर), डर्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनार र विल योंग।

प्रकाशित: १८ आश्विन २०८० १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App