२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसियाली खेलीकुद : नेपाललाई महिला कबड्डीमा कांस्य पदक पक्का

चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला कबड्डीमा नेपालले कम्तीमा  कांस्य पदक पक्का भएको छ।  

आज विहान सम्पन्न महिला कबड्डीको समूह ‘बी’ मा इरानले बंगलादेशलाई ५६–१६ ले हराएपछि नेपालले कास्य जित्ने पक्का भएको हो।

लगातार दुई खेल जितेको इरान र एक खेल जितेको नेपाल सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेश गर्नेले कांस्य पदक पाउनेछ।अर्को समूहको खेलपछि नेपालले सेमिफाइनल प्रतिद्वन्दी पक्का गर्नेछ । सेमिफाइनलमा जित निकाले नेपाल स्वर्ण पदकको लागि खेल्नेछ।

जारी १९ औं एसियाली खेलकुदमा नेपालले २९ खेल सहभागिता  जनाए पनि अहिलेसम्म कुनै खेलबाट पदक जित्न सकेको छैन। पहिलो पटक एसियाली खेलकुदको महिला कबड्डीमा सहभागी भएको नेपालले पहिलो पटक नै पदक भित्राउन लागेको हो।  

यसअघि पदक आशा गरिएको तेक्वान्दो, बक्सिङ फुटबल, भलिबल, उसु पदक विहिन भएका थिए।अब, नेपालले कराते लगायत खेल खेल्न बाँकी छ। एसियाडमा नेपाल २९ खेलबाट दुई सय ५३ खेलाडी चीन गएका छन्।

प्रकाशित: १७ आश्विन २०८० ०५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App