१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नेपालका क्याप्टेन रोहित आउट

नेपालले आफ्नो ४ विकेट गुमाएको छ। केहीबेर अघि कुशल भुर्तेललाई आफ्नो दोस्रो विकेटको रुपमा गुमाएको नेपालले लगातार कुशल मल्ल र क्याप्टेन रोहित पौडेललाई तेस्रो र चौथो विकेटको रुपमा गुमाएको छ।

एसियन गेम्सको पुरुष क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालका लागि क्याप्टेन रोहितले ५ बलमा ३ रन मात्रै बनाउन सके भने कुशल मल्लले २२ बलमा २९ रनको योगदान गरे।  

रवी विस्नोइको बलिङमा रिंकु सिंहले मल्ललाई क्याच आउट गरेका हुन् भने क्याप्टेन पौडेल विस्नोइद्वारा एलबीडब्लु आउट भएका हुन्।  

हाल मैदानमा दिपेन्द्रसिंह ऐरी र सन्दिप जोरा ब्याटिङ गरिरहेका छन्।

प्रकाशित: १६ आश्विन २०८० ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App