१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

एसियाली खेलकुदमा सहभागी हुन चीन उडे सन्दीप लामिछाने

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका स्पिनर सन्दीप लामिछाने चीनतर्फ प्रस्थान गरेका छन्।

लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका हुन्। सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आइतबार स्थगित भएको थियो।

आइतबार साँझ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग भएको भेटमा सन्दीपले आफू मानसिक रुपमा तयार नभएको बताएका थिए। त्योसंगै सोमबार साझ चन्दसँगै क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटेका थिए।

उनीहरूले सम्झाएपछि लामिछाने चीन जान तयार भएका हुन्। त्यसपछि मंगलबार उनी एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका हुन्।  

एसियाडका लागि नेपाली टोली यसअघि नै चीन गइसकेको छ। एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि सुरु हुँदै छ ।

प्रकाशित: ९ आश्विन २०८० ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App