१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

क्रिकेटमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्छु: सचिव खड्का

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव एवं पूर्वकप्तान पारस खड्काले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने बताएका छन्।

क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहने समेत उनको भनाइ छ। क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन्।

उनी क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुन्। कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे। उनको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे।

प्रकाशित: ६ आश्विन २०८० १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App