१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

क्यानको सचिवमा पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभाबाट सचिवमा पारस खड्का निर्वाचित भएका छन्। 

शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत हुन्।

कुल ८५ मत खसेको थियो। ७६ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४४ मत पाएका छन् भने प्रशान्तविक्रम मल्लले ३२ मत पाएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

प्रकाशित: ६ आश्विन २०८० ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App