१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

तीन महिना भित्र घरेलु क्रिकेट संरचना बदल्नुपर्नेछः अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा निर्विरोध चयन भएका चतुरबहादुर चन्दले तीन महिना भित्र घरेलु क्रिकेट संरचना बदल्नुपर्ने बताएका छन्।

निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

उनले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पु¥याउनुपर्ने चुनौति रहेको बतउँदै सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक रहेको बताए।

उनले भने, ‘पहिलो तीन महिना भित्रै आन्तरिक स्ट्रक्चरलाई हामीले प्लानसहित अघि बढ्नेछौँ। भारत र पाकिस्तानसँग खेल्यौँ अब नेपाललाई पनि त्यस्तै टिम बनाउने आधारशिला खडा गर्नुछ। त्यसका लागि घरेलु संरचनालाई नयाँ किसिमले बदल्नु छ, र सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न जरुरी छ।’

उनले पद पाएसँगै जिम्मेवारी बढेको महशुस भएको बताए। उनले अघिल्लो कार्यकाल भन्दा यस पटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिवद्धता जनाए।

प्रकाशित: ६ आश्विन २०८० ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App