३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एक दिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई हरायो

तीन एक दिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई पाँच विकेटले हराउँदै १-० को अग्रता लिएको छ।

यसअघि पन्जाब क्रिकेट एसोसिएसनमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ५० ओभरमा २ सय ७६ रनमा अल आउट भएको थियो। अष्ट्रेलिया डेविड वार्नरले ५३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए।त्यसैगरी स्टेभन स्मिथे  ४१, मार्नस लाबुसेन ३९, क्यामरन ग्रीन ३१, मार्कस स्टोइनिस २९ र जोश इंग्लिसले ४५ रन बनाएर आउट भए  । 

भारतका तीव्र गतिका बलर मोहम्मद शामीले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ५ विकेट लिए। जस्प्रित बुमराह, रविचन्द्रन आश्विन र रविन्द्र जड जाले एक एक विकेट लिए। 

जवाफमा जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४८दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। भारतको लागि ओपनर शुभमन गिलले सर्वाधिक ७४ तथा अर्का ओपनर ऋतुराज गायकवाडले  ७१ रन बनाए।सूर्यकुमार यादवले  ५० रन बनाए भने कप्तान लोकेश राहुल ५८ रनमा नट आउट रहे।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले  २ विकेट तथा शन एबोट र प्याट कमिन्सले एक एक विकेट लिए। भारत  र अष्ट्रेलियाबिचको दोस्रो खेल आइतबार  र तेस्रो खेल बुधवार हुनेछ।

प्रकाशित: ५ आश्विन २०८० १६:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App