४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

यू १९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानको समूहमा

फाइल तस्बिर

श्रीलंकामा हुने यू १९ मेन्स क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तान एउटै समूहमा परेका छन । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार  नेपाल  पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान समूह डीमा परेका छन्।

समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन्।समूह सी मा अष्ट्रेलिया, आयोजक श्रीलंका, जिम्बावे र नामिबिया छन् ।

आगामी जनवरी १३ देखि हुने यो प्रतियोगिताको पहिलाे खेलमा नेपाल जनवरी १३ मा न्युजिल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग भिड्ने छ भने अन्तिम खेल जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ। नेपालले २०१६ पछि पहिलो पटक यू१९ विश्वकप खेल्न लागेको हो।

१६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका शिर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

प्रकाशित: ५ आश्विन २०८० १५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App