६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटको फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने

एसिया कप क्रिकेट २०२३ को फाइनलमा भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्ने  भएको छ।  

यस अघिको उपाधि बिजेता श्रीलंकाले टस जितेर भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। खेल नेपाली समय अनुसार अहिले ३: १५ मा श्रीलंकाको आर प्रेमदासा रंगशालमा सुरु हुनेछ। 

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन तथा श्रीलंका सातौं पटक उपाधि जित्ने सोचमा रहेको छ।  

रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन्।

यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो।

प्रकाशित: ३१ भाद्र २०८० ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App