२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

एसिया कपको फाइनल भिडन्त:भारतले जिते आठौं,श्रीलंकाले जिते सातौं उपाधि

एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंका बिच खेल हुँदैछ। खेल नेपाली समय अनुसार आज दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ। भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि हात पार्ने सोचका साथ मैदानमा प्रवेश गर्नेछ भने घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि हत्याउने सोचमा हुनेछ।

एसिया कपको इतिहासमा भारत आठौं र श्रीलंका सातौं पटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। यस अघि श्रीलंका र भारत सुपर फोरमा ४/४ अंक बटुल्दै फाईनलमा पुगेका हुन। सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो भने श्रीलंकाले पाकिस्तान र बंगलादेशलाई पराजित गरेको थियो। सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसंग पराजित भएको थियो। सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई हराएको थियो।

एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुन लागेका हुन।यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो। त्यसबेला भारतले श्रीलंकालाई पराजित गर्दै उपाधि जितेको थियो। श्रीलंकन मौसम विभागले फाइनलको दिन ९० प्रतिशत वर्षा हुने जनाएको छ।फाइनल खेल वर्षाका कारण रद्द भएमा भोलि सोमबार रिजर्भ डेको व्यवस्था छ।

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए। नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको हो। पछिल्लो ५ भेटमा श्रीलंका एक पटक मात्र विजयी भएको छ भने भारतले श्रीलंकालाई ४ पटक पराजित गरेको  छ।  

एसिया कपको इतिहासमा श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो। भारतले सन् १९८४, १९८८, १९९०र९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो। पाकिस्तानले सन् २००० र २०१२ गरी दुईपटक उपाधि जितेको छ।

प्रकाशित: ३१ भाद्र २०८० ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App