७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुँदै

मोफसलको सर्वाधिक पुरस्कार राशीको चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आगामी असोज ५ र ६ गते लालितपुरको सानेपामा हु्दैं छ। प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। पुरस्कार राशी ओभरअल च्याम्पियनले ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ।  

बुल्समेन क्लब पोखरा तीन संस्करणका प्रतियागिता पोखरामै आयोजना गरेको थियो। खेलकुदलाई विकेन्द्रीकरण गर्नुपर्ने ध्येयसहित क्लबले पहिलो पटक पोखरा भन्दा बाहिर ललितपुरमा आयोजना गर्ने निर्णय गरेको हो। मोफसलकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताको लागि विभिन्न शहरबाट खेलाडीले अनलाईन मार्फत फर्म दर्ता गरिरहेका छन्। क्लबले २०७१ सालदेखि दुई वर्षको अन्तरमा मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ। चौथो संस्करण ०७७ सालमै आयोजना गर्ने तयारी भएपनि कोभिडकै कारण प्रतियोगिता स्थगित गरिएको थियो।  

‘बुल्समेनको आह्वान युवाहरुको पहिचान’ भन्ने नारासहित स्थापित क्लबले शारीरिक सुगठन खेल मार्फत युवापुस्तलाई खेलकुलप्रति प्रेरित गरेको छ। स्वच्छ समाजको लागि स्वास्थ्य मानसिकता र व्यस्त मानसिकताको लागि स्वस्थ्य शरीर, स्वास्थ्य शरीरको लागि शारीरिक व्यायाम भन्ने मान्यतालाई क्लबले आत्मसात गर्दै आएको छ। 

क्लबले आगामी असोज ४ गते सहभागि खेलाडीको तौल लिने छ। पुरुष तर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ। असोज ५ गते प्रिजजिङ र असोज ६ गते शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा फाईनल हुने क्लबले जनाएको छ।  

मेन्स फिजिक तर्फ १७० सेन्टिमिटर माथि र १७० सेन्टिमिटर मुनी प्रतिस्पर्धा गराईने क्लबका कोषाध्यक्ष रुपेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार महिलाको इभेन्टलाई पनि समावेश गरिएको छ। महिला तर्फ वुमन्स फिजिक र वुमन वेलनेसमा प्रतिस्पर्धा गराईने छ।  

प्रतियोगिताको ओभरअल च्याम्पियनले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ। प्रत्येक तौल समूहको विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो स्थानमा रहनेले २० हजार नगद पुरस्कार पाउने छन्। मेन्स फिजिकको दुवै इभेण्टका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै वुमन फिजिक र वुमन वेलनेस विजेताले पनि समान १ लाख, ५० हजार र ३५ हजार पाउने छन्।  

प्रकाशित: २९ भाद्र २०८० १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App