१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट : श्रीलंका विरुद्ध पाकिस्तानले २५२ रन बनायो

एसिया कप क्रिकेट अन्र्तगत श्रीलंका विरुद्ध पाकिस्तानले २५२ रन बनाएको छ । श्रीलंकाको कोलम्बोस्थीत आर प्रेमदासा क्रिकेट रंगशालामा भएको यो खेलमा पाकिस्तानले ४२ ओभरमा ७ विकेटको नोक्सानीमा २५२ रन बनाएको हो।वर्षाका कारण खेल ४२ ओभरमा छोट्याईएको हो।

पाकिस्तानका लागि सबै भन्दा वढि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्कासंगै आउट नभई  ८६ रन बनाए । त्यसैगरी अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रनको योगदान दिए।  

ईफ्तिखार अहमदले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७  रन बनाए । कप्तान बाबर अजामले ३५ बलमा २९ रन बनाए।श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए।एसिया कपको सुपर फोरमा दुई खेल खेलेका दुवै टोलीले समान १र१ खेलमा जित दर्ता गरेका छन्।

सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए भने दुवै टोली भारतसँग पराजित भएका थिए ।  

यस खेल जितेर दुवै टोली फाइनलमा स्थान बनाउँने लक्ष्यमा रहेका छन् । भारतले भने एक खेल अगावै फाइनलमा स्थान बनाईसकेको छ।यस खेलमा विजेता बन्ने टोलीले फाइनलमा स्थान बनाउँने छ । फाइनल खेल आगामी आईतबार हुनेछ। 

प्रकाशित: २८ भाद्र २०८० १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App