३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

सरकारको पुरस्कार खेलाडीले नपाएको कुराले गम्भीर बनायाे: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार छिट्टै दिने बताएका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९औँ एसियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरूलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार छिट्टै दिने बताएका हुन्।

उनले  घोषणा गरेको पुरस्कार अहिलेसम्म खेलाडीले नपाएको भन्ने समाचारहरुले आफूलाई गम्भीर बनाएको पनि बताएका छन्।

उनले भने, 'यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको भन्ने समाचारहरूले मलाई गम्भीर बनाएको छ। छिट्टै यो समस्या समाधान गरिनेछ। तपाईहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहन समेत म तपाईहरूमा आग्रह गर्दछु।'  

प्रकाशित: २८ भाद्र २०८० १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App