२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड माविको आयोजनामा १७औं क्विक्स–ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

प्रतियोगितामा ३ विधामा जम्मा ६८ टोलीको सहभागिता रहने बुधवार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जनाएका छन्।

सिनियर ब्वाइजमा २८, जुनियर ब्वाइजमा १६ र गल्र्समा २४ टोलीले भाग लिनेछन्।खेल लिग कम नकआउट आधारमा हुनेछन्।समग्रमा १ सय १८ खेल हुनेछन्।प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

असोज ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा हुनेछन् ।

प्रकाशित: २८ भाद्र २०८० ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App