४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कप: पाकिस्तानविरुद्ध भारतको सहज जित

एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतले सहजै जित हासिल गरेको छ।

सोमबार भएको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको सहज जित निकालेको हो। भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा ८ विकेट गुमाएर मात्र १२८ रन बनायो। पाकिस्तानका नसिम साह र हरिस राउफले चोटका कारण ब्याटिङ गरेनन्।

पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रनको योगदान गरे। त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३–२३ रन बनाए।

भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे। उनले ८ ओभरमा २५ रन मात्र खर्चिएर ५ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो।

प्रकाशित: २५ भाद्र २०८० १७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App